Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भजनी स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सेवा बन्द

भजनी स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सेवा बन्द


  • 1.0K
    Shares

    भजनी स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सेवा बन्द
    images

    काठमाडौं । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रले बिमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बिमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए । 

    चौधरीले भने, “सरकारबाट बिमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बिमा कार्यक्रम रोकेका छौँ ।”

    चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् । बिमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । “स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन”, केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने । 

     

    images
    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १३:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij