Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विश्वकपमा इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित

विश्वकपमा इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित


  • 1.1K
    Shares

    विश्वकपमा इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार  जित
    images

    अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ। 

    ७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। 

    यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–०को अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी लियोनल मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का भएको थियो। 

    तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा खेल बराबरीमा ल्याए भने ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको जित सुनिश्चित गरे। 

    योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो। 

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - २३:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij