२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक चुनदेवीमा सुरु भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले सोमबार चुनदेवीमा सम्पर्क कार्यालय खोलेका थिए ।
सोही सम्पर्क कार्यालयमा मंगलबार बस्ने भनिएको बैठक सुरु भएको हो । बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी सुरु भएको छ । आजको बैठकले साउन ६ गतेको बीपी स्मृति दिवस मनाउन स्थान र कार्यतालिका तोक्ने लगायतका छलफल गर्ने बताइएको छ ।
यसअघि हिजोको बैठकपछि नेता मीन विश्वकर्माले पार्टी एकताको सम्भावना र बीपी स्मृति दिवसबारे आजको बैठकबाट निर्णय लिने बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij