Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कर्णाली प्रदेश सभाको अधिवेशन जेठ २४ गते : ३० अर्बको बजेट ल्याउने तयारी

कर्णाली प्रदेश सभाको अधिवेशन जेठ २४ गते : ३० अर्बको बजेट ल्याउने तयारी


  • 7.6K
    Shares

    कर्णाली प्रदेश सभाको अधिवेशन जेठ २४ गते : ३० अर्बको बजेट ल्याउने तयारी
    images

    कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ २४ आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ २४ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आह्वान गरेका हुन् ।

    कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन ०७८ साल जेठ २४ गते दिउँसो २:०० आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए ।

    ‘नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान गर्नुभएको हो ।’ उनले भने, ‘सरकारको सिफारिसको बैठकको आह्वान प्रदेश प्रमुखले गर्नुभएको छ ।’

    बिहीबार सभामुख राजबहादुर शाहीको आह्वानमा सर्वदलीय बैठकले प्रदेश सभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । त्यही आधारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षे अधिवेशनको आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । सरकारले नयाँ आर्थिक वर्षका लागि झन्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । 

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १५:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij