२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । उनले उक्त आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताएका छन् ।
“राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं,” उनले भने, “जनता आउ राजा ल्याऊ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij