Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश


  • 1.8K
    Shares

    पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
    images

    काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो ।

    खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।

    सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - ०६:४६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij