Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छः डा. महत

इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छः डा. महत


  • 1.3K
    Shares

    इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छः डा. महत
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता औँल्याएका छन् ।

    सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरुसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्नेमा जोड दिएका छन्। महतले अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको छ । 

    उनले भने, ‘कुन विषयमा सहमति जुट्न सक्छ र कुनमा सक्दैन भन्ने स्पष्ट हुन एकै ठाउँ बसेर छलफल गर्नुपर्छ । मिडिया वा सार्वजनिक खपतका लागि मात्र नभई साँचो मनले सम्मानजनक एकताका लागि वार्ता आवश्यक छ ।’

    पार्टी समायोजन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा देखिएका मतभेदबारे चर्चा गर्दै डा. महतले ती मुद्दाहरू संवादको माध्यमबाट हल गर्न सकिने दाबी गरेका छन् । उनले केवल प्रचारका लागि मात्र एकताको कुरा गरेर कुनै अर्थ नहुने भन्दै गम्भीर भएर वार्ताको टेबुलमा आउन र पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेका छन् । 

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १७:२०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij