२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ ।
समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि नेता मीन विश्वकर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएका विश्वकर्माले बताएका छन् ।
विश्वकर्माले छलफल भोलि पनि जारी रहने बताए । १५औँ महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे भोलि निर्णय हुने पनि नेता विश्वकर्माको भनाइ थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij