Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

वरिष्ठ नेता बन्ने प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुर खड्काको ब्रिफिङ

वरिष्ठ नेता बन्ने प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुर खड्काको ब्रिफिङ


  • 925
    Shares

    वरिष्ठ नेता बन्ने प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुर खड्काको ब्रिफिङ
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले प्रस्ताव गरेको वरिष्ठ नेताु पद अस्वीकार गरेको बताएका छन् । 

    चुनदेवीस्थित इतर समूहको बैठकमा ब्रिफिङ गर्दै खड्काले उपसभापति विश्वप्रकाश शर्मामार्फत आएको प्रस्ताव अस्वीकार गरेको र आफ्नो समूहका १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्नुपर्ने माग राखेको जानकारी दिएका छन् ।

    शर्माले संस्थापनका तर्फबाट पठाएको ७ बुँदे प्रस्तावको लिखित जवाफ आफूले बुझाइसकेको खड्काले बताएका छन् । शर्माले जसरी आफूले पनि ह्वाट्सअपमा टाइप गरेर जवाफ सुनाएको खड्काले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । 

    खड्काले त्यसपछि शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए।

    खड्काले त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी नआएको र त्यसको केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएको पनि बैठकमा ब्रिफिङ गरे । 

    खड्काले त्यसपछि पनि विश्वप्रकाश शर्माले संवाद भइरहेका बेला संवाद नभएको भनिएको भन्दै आपत्ति जनाएको जानकारी दिए।

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १६:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij