Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपामा दुईभन्दा बढी ‘वरिष्ठ’ नेता हुन सक्ने व्यवस्था

रास्वपामा दुईभन्दा बढी ‘वरिष्ठ’ नेता हुन सक्ने व्यवस्था


  • 1.4K
    Shares

    रास्वपामा दुईभन्दा बढी ‘वरिष्ठ’ नेता हुन सक्ने व्यवस्था
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीमा वरिष्ठ नेता दुई वा दुई भन्दा बढी हुन सक्ने व्यवस्था गरेको छ । असार दोस्रो साता चितवनमा सम्पन्न सो पार्टीको पहिलो महाधिवेशनले पारित गरेको पार्टी विधानमा वरिष्ठ नेता दुई वा त्यो भन्दा पनि बढी हुनसक्ने व्यवस्था गरेको हो । 

    ‘पार्टीको नीति निर्माण र सांगठानिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्‍याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले ‘वरिष्ठ नेता’ मनोनीत गर्नसक्ने छ’, महाधिवेशनबाट पारित रास्वपाको विधानमा भनिएको छ ।

    त्यस्तै वरिष्ठ नेताको मर्यादाक्रम पार्टी सभापतिपछि दोस्रो स्थानमा हुने रास्वपाले जनाएको छ । तर वरिष्ठ नेता दुई वा त्यो भन्दा धेरै भएमा उनीहरूको मर्यादाक्रम केन्द्रीय समितिले निर्धारण गरेबमोजिम हुने व्यवस्था गरेको छ । महाधिवेशनअघि रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मान्दै आएको थियो ।

    महाधिवेशनपछि भने रास्वपाले वरिष्ठ नेता लगायत अन्य पदाधिकारी मनोनीत गरिसकेको छैन । यद्यपि बालेनलाई वरिष्ठ नेता बनाउने सहमति भैसकेको छ । तर, विधानतः २ वा त्यो भन्दा बढिलाई वरिष्ठ नेता बनाउन सक्ने विधानका कारण बालेनसहित अन्य नेता समेत सो पार्टीको वरिष्ठ नेता हुनसक्ने देखिएको छ । 

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १६:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij