Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हिमालयन लाइफका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत

हिमालयन लाइफका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत


  • 1.5K
    Shares

    हिमालयन लाइफका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत
    images

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकहरु सौरभ दुगड, प्रमिला केसी, सचिन आचार्य र आशीष ढकालको राजीनामा एकैपटक स्वीकृत गरेको हो। 

    दुगड संस्थापक समूहबाट र बाँकी ३ जना सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए। 

    सञ्चालक समितिको सोही बैठकले कम्पनीको सञ्चालकमा प्रकाशमुनि बज्राचार्य र सुरक्षा काफ्ले नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीमा संस्थापक समूहबाट बज्राचार्य र सर्वसाधारण समूहबाट काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको छ।

    दुवैको नियुक्तिको अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

      

     

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १६:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij