Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

देउवा समूहको बैठक चुनदेवीमा

देउवा समूहको बैठक चुनदेवीमा


  • 911
    Shares

    देउवा समूहको बैठक चुनदेवीमा
    images

    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक सुरु भएको हो ।

    नेता डा।प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने भएको छ । समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सम्पर्क कार्यालयमा आज काठमाडौंमा उपस्थित नेताहरूको बैठक बस्ने डा।महतले जानकारी दिएका छन् । 

    विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । तर, त्यो भेलाभन्दा अगाडि नै संस्थापन पक्षले मागका बारेमा गहन छलफल अगाडि बढाउनुपर्ने समूहको भनाइ छ ।

    पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा दुवै पक्षबिच छलफल भए पनि टुङ्गोमा पुगेको छैन । इतर समूहले अघि सारेका माग सम्बोधन गर्ने विषयमा विधान बाधक रहेको भन्दै संस्थापनले टार्दै आएको छ ।   

     

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १४:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij