Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको नयाँ विधान सार्वजनिक: केन्द्रीय परिषद् खारेज, १५८ सदस्यीय केन्द्रीय समिति

रास्वपाको नयाँ विधान सार्वजनिक: केन्द्रीय परिषद् खारेज, १५८ सदस्यीय केन्द्रीय समिति


  • 1.0K
    Shares

    रास्वपाको नयाँ विधान सार्वजनिक: केन्द्रीय परिषद् खारेज, १५८ सदस्यीय केन्द्रीय समिति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनले अनुमोदन गरेको (चौथो संशोधित विधान २०८३) सार्वजनिक गरेको छ । चितवनमा भएको महाधिवेशनले संशोधित विधान पारित गरेको हो ।

    विधानको भाग ५ को धारा १८ मा पार्टीको साङ्गठनिक संरचनाको व्यवस्था गरेको छ । संशोधित विधान अनुसार केन्द्रीय परिषद् खारेज गरेको छ । केन्द्रीय समिति विस्तार गरी १५८ सदस्यीय बनाएको छ । केन्द्रीय तहमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति (सचिवालय समेत), केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय आयोग र केन्द्रीय विभागलाई यथावत् राखिएको छ । 

    विधानमा ३३ प्रतिशत महिला र युवालाई सुनिश्चित गरेको छ । परिवारवाद, नातावादलाई पूर्ण निषेध गरिएको छ । नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरलाई स्वाभाविक प्रक्रिया बनाउन दुई कार्यकाल निर्वाचित वा मनोनीत सुनिश्चित गरिएको छ । ‘एक व्यक्ति एक पद’ र बदमासी गरेमा पार्टीका कार्यकारी वा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गरिएको छ । 

    प्रदेशको साङ्गठनिक संरचना यथावत् राखिएको छ  भने स्थानीय तह अन्तर्गत जिल्ला अधिवेशन, जिल्ला समिति, पालिका अधिवेशन, पालिका समिति, वडा अधिवेशन, वडा समिति, बुथ समिति र टोल समितिको व्यवस्था छ ।   

     

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १४:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij