२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ‘कमेडी दरबार’ टिमले बनाएको फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागी केही गर्न खोजेको देखिन्छ ।
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको आगामी भदौ १९ मा प्रदर्शनमा आउने ‘ककाकिकी’ को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचार प्रसारको काम औपचारिक रूपमा सुरु भएको जानकारी गराएको हो ।
फिल्मका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले आफूहरूले मिहिनेत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरू सन्तुष्ट रहने बताएका छन् ।
यस्तै, निर्देशक श्रृद्धा सम्पूर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरूलाई निकै साथ दिएकाले पनि फिल्म राम्रो बनेकोमा ढुक्क छिन् । पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर ९खबपु०, पवन खतिवडा ९म्याकुरी० लगायतले फिल्ममा काम गर्दाका अनुभव साटेका थिए ।
फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना ९बिटी कान्छा०, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना ९बिटी कान्छा० ले गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij