Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि घट्यो सुन चाँदीको मूल्य

आज पनि घट्यो सुन चाँदीको मूल्य


  • 1.1K
    Shares

    आज पनि घट्यो सुन चाँदीको मूल्य
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।

    महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ११५ रुपैयाँ कायम भएको छ।

    साथै, सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा झरेको छ।

    हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९३० रुपैयाँ ५० पैसा तोकिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ। 

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - ११:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij