Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आमिर खानले गरे ६१ वर्षको उमेरमा तेस्रो विवाह

आमिर खानले गरे ६१ वर्षको उमेरमा तेस्रो विवाह


  • 3.4K
    Shares

    आमिर खानले गरे ६१ वर्षको उमेरमा तेस्रो विवाह
    images

    बलिउड अभिनेता आमिर खान तेस्रोपटक विवाह बन्धनमा बाँधिएका छन्। ६१ वर्षीय आमिरले आइतबार मुम्बईस्थित आफ्नो बान्द्रा निवासमा प्रेमिका गौरी स्प्राटसँग विवाह गरेका हुन्।

    आमिर र गौरी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। यद्यपि, उनीहरू एकअर्कालाई २५ वर्षदेखि चिन्दै आएको बताइएको छ। विवाह समारोहमा दुवै परिवारका सदस्य र निकट साथीभाइ गरी करिब १५० जनाको सहभागिता रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

    गौरी स्प्राट बैंगलुरूकी व्यवसायी हुन्। उनका एक छोरा छन्। गौरीले लामो समयदेअि हेयर तथा फेसन व्यवसायमा काम गर्दै आएकी छन्। विवाहमा आमिरका तीन छोराछोरी र गौरीको छोरा पनि उपस्थित भएको बताइएको छ। 

    आमिरले गत मार्चमा आफ्नो ६० औं जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। 

    यो आमिरको तेस्रो विवाह हो। यसअघि उनले सन् १९८६ मा रीना दत्तासँग र सन् २००५ मा फिल्म निर्माता किरण रावसँग विवाह गरेका थिए।

    Aamir-Khan’s-wedding--1783244805.jpg

    images
    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - १६:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij