Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ


  • 960
    Shares

    विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ
    images

    काठमाडौं । नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमबीच आगामी जुलाई २१ देखि सुरु हुने प्रतियोगिताका लागि टोलीलाई शुभकामनासहित बिदा गरेको हो । नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सबीच हुने यस श्रृंखलाअघि नेपाली खेलाडीहरू विशेष तयारीका लागि सुरुमा जर्सी पुग्ने कार्यक्रम छ ।

    स्थानीय वातावरणसँग अभ्यस्त हुन जर्सीमा नेपालले जुलाई १३ र १५ तारिखमा दुई वटा ५० ओभरको खेल खेल्ने तालिका तय भइसकेको छ । हालै घरेलु मैदानमा सम्पन्न ८ मध्ये ६ खेल जितेर बलियो लयमा देखिएको नेपालले सोही प्रदर्शनलाई युरोप भ्रमणमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ।

    images
    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - १५:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij