२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ।मन्त्रिपरिषदको बिहीबारको बैठकले क्यान्सर रोग विशेषज्ञ डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। पौडेलले निर्देशकको पत्र भने आज मात्र बुझेका छन् ।
पत्र बुझेपछि डा पौडेलले भने "आज पत्र बुझेको छु । अब भोली अस्पताल पुगेर जिम्मेवारी सम्हाल्ने छु ।" उनले आफू अस्पतालको विकास र विस्तारमा लाग्ने जानकारी दिए ।
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसअघि भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij