२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ ।
सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिएका छन् ।
उनले त्यसका लागि ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम दिइएको छ । यस्तै, लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी भएको बताएका छन् ।
सुलभ फार्मेसी सेवा मापदण्ड २०८३ मार्फत् विभिन्न कार्यक्रम अघि बढिरहेको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij