Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हामी कठिनाइमा छौँ तर जीवित छौँ, उठ्छौँ र प्रतिवाद गर्छौँ: केपी शर्मा ओली

हामी कठिनाइमा छौँ तर जीवित छौँ, उठ्छौँ र प्रतिवाद गर्छौँ: केपी शर्मा ओली


  • 1.1K
    Shares

    हामी कठिनाइमा छौँ तर जीवित छौँ, उठ्छौँ र प्रतिवाद गर्छौँ: केपी शर्मा ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै जुनसुकै चुनौतीबाट पनि उठ्ने र दृढतापूर्वक प्रतिवाद गर्ने बताएका छन्। एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

    निर्जीव वस्तु कहिल्यै असजिलोमा नपर्ने तर्क गर्दै अध्यक्ष ओलीले एमाले जीवित पार्टी भएकाले समस्या आउनु स्वाभाविक भएको जिकिर गरेका छन्। हामी कठिनाइमा छौँ। यतिबेला कठिनाइमा छौँ। कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो। निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन, ओलीले भने, हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौँ। हामीले धक्का खाएका छौँ, पछारिएका हौँला तर हामी जीवित छौँ। हामी उठ्छौँ, प्रतिवाद गर्छौँ र प्रतिरोध पनि गर्छौँ।

    ओलीले एमालेमाथि इतिहासमै यसपटक सबैभन्दा ठूलो र भयानक हमला भएको दाबी गरेका छन्। यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो। सबैभन्दा ठूलो गठजोडका साथ हमला भयो, उनले भने। पार्टीले देश र जनताको पक्षमा प्रगति गर्न खोज्दा विरोधी शक्तिहरू अत्तालिएर प्रहार गरेको उनको भनाइ थियो।

     

    images
    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १४:५५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij