२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो ।
नेता कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।
यसअघि बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न कोइराला गल्फुटार पुगेका थिए । कोइरालासँगको भेट पछि बिहीबार नै नेता खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच महाराजगञ्जस्थित कोइराला निवासमा छलफल भएको थियो ।
बिहीबार नै पूर्वउपसभापति निधि, पूर्वमहामन्त्री कोइराला र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि छलफल भएको थियो । छलफलपछि खड्काले नेतृत्व गरेको संस्थापन इतर समूहको बैठक शुक्रबार गल्फुटारमा बसेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij