Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेकपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा, दाहाल र नेपाल सहभागी

नेकपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा, दाहाल र नेपाल सहभागी


  • 1.2K
    Shares

    नेकपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा, दाहाल र नेपाल सहभागी
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम आजदेखि बुटवलमा सुरु हुँदैछ। 

    पार्टी एकतापछि बुटवलमा पहिलोपटक आयोजना गरिएको यस प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल बुटवल आइपुगेका छन्। रूपन्देहीको नयाँगाउँमा आयोजना गरिएको यस प्रशिक्षण कार्यक्रममा प्रदेशभरका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने नेकपाले जनाएको छ। 

    विशेष गरी पार्टीको जिम्मेवारी बाँडफाँटका क्रममा तल्लो तहसम्म देखिएका असन्तुष्टि र असमझदारीहरूलाई निवारण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यो प्रशिक्षणले आन्तरिक विवाद सुल्झाउन र संगठनलाई थप मजबुत बनाउन फलदायी भूमिका खेल्ने अपेक्षा पार्टी नेतृत्वले गरेको छ।   

    images
    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - ११:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij