Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

देउवा समूहका शीर्ष नेताहरूको बैठक खड्का निवासमा

देउवा समूहका शीर्ष नेताहरूको बैठक खड्का निवासमा


  • 1.2K
    Shares

    देउवा समूहका शीर्ष नेताहरूको बैठक खड्का निवासमा
    images

    काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो । 

    बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी भएका छन् । त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित छन् ।   

    बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने नेता डा.महतले जानकारी दिएका छन् । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको समूह त्यसपछि पार्टीको सत्ता बाहिर छ । 

    यसअघि सात प्रदेशमा आफ्नो समूहको भेला गरेको समूहका शीर्ष नेताहरूको यो बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।

     

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १४:५६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij