२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको फस्ट लुक्स पोस्टरमा अभिनेत्री प्रियंका कार्की फिचर छिन् ।
चलचित्रको शीर्ष भूमिकामा उनी नै रहेकी छिन् । बाथटबमा शान्त रूपमा सुतेकी प्रियंकाको आँखाले भने केही भन्न खोजिरहेको अनुमान गर्न सकिन्छ । बाहिरबाट शान्त देखिए पनि भित्र केही गहिरो रहस्य रहेको पोस्टरले संकेत गर्छ ।
त्यस्तै, त्यहाँ अँध्यारो पानीमा रहेका सुनौला माछाहरूले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छ । प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेका छन् । चलचित्र नेपालीसहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij