Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्ध सुनुवाइ हुँदै

प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्ध सुनुवाइ हुँदै


  • 19.2K
    Shares

    • images
    प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्ध सुनुवाइ हुँदै

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

    शुक्रबार गठित इजलासमा जबरासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई संवैधानिक इजलासमा राखेका हुन् ।

    विश्वम्भर श्रेष्ठ अस्वस्थ रहेका कारण उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको छ । यसअघि संसद विघटनको मुद्दामा 'चुज एण्ड पिक'को आधारमा इजलास गठन गर्दा विवाद भएको थियो । प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गरेका हुन् ।

    यसअघि वरीयताको अगाडि रहेकालाई छुटाएर पछाडि रहेका न्यायाधीशलाई पटक–पटक इजलासमा ल्याउँदै आएका थिए ।शुक्रबार संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ हुँदैछ ।

    अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीलगायतले रिट दायर गरेका छन् ।

    यसअघि जबराले संसद् विघटनको मुद्दा सुनुवाइका लागि दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका थिए । केसी र श्रेष्ठको विषयमा इजलासमा विवाद भएको थियो ।

    आफूमाथि प्रश्न उठे पनि उनीहरुले इजलास छाड्न मानेका थिएनन् । उनीहरुले नछाडेपछि कार्की र भट्टराईले इजलास छाडेका थिए । संसद विघटनको मुद्दामा आइतबारदेखि सुनुवाइ हुनेछ ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १३:०३:०९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij