२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित गरेको ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार बैठक सुरु भएको हो। बैठकमा रास्वपाका प्रतिनिधिसभा सदस्य ९सांसद० हरूको सहभागिता रहेको छ।
बैठकमा सांसदहरूलाई पल्स आरएसपी डिजिटल प्लेटफर्मको प्राविधिक प्रणाली, यसको उपयोगिता र कार्यविधिबारे विस्तृत जानकारी गराइँदै छ। पार्टीलाई प्रविधिमैत्री र सञ्चालन प्रणालीलाई डिजिटल बनाउने उद्देश्यले रास्वपाले यो आन्तरिक प्लेटफर्म तयार पारेको हो।
डिजिटल प्रणालीको प्रयोग बढेसँगै हुनसक्ने प्राविधिक जोखिमलाई मध्यनजर गर्दै बैठकमा सांसदहरूलाई साइबर सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण समेत प्रदान गरिने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij