Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती

इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती


  • 981
    Shares

    इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती
    images

    काठमाडौं । आन्तरिक बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै भियतनामको रेलवे सञ्चालकले उत्तर–दक्षिण रेल सेवाको भाडामा १० प्रतिशत कटौती गरेको छ । भियतनाम न्युज एजेन्सीका अनुसार बुधवारदेखि आगामी अगस्ट १६ सम्मका लागि यो छुट लागू गरिएको हो ।

    भाडा समायोजनको यो निर्णयले यात्रुहरूको यात्रा लागत घटाउन सहयोग पुग्ने र उनीहरूलाई रेल सेवा प्रयोग गर्न थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । १० प्रतिशतको यो छुट उत्तर–दक्षिण एक्सप्रेसका सबै रेलहरूमा उपलब्ध हुनेछ । 

    सिटको वर्गीकरणअनुसार प्रति टिकट १ लाख १० हजार भियतनामी डोङ (करिव ४.३६ अमेरिकी डलर) देखि २ लाख ८० हजार भियतनामी डोङ (करिव ११.११ अमेरिकी डलर) सम्म भाडा घट्ने समाचारमा उल्लेख छ । 

    यो योजना दक्षिणको प्रमुख आर्थिक केन्द्र हो चि मिन्ह सहरको साही गन स्टेसनदेखि मध्य प्रान्त खान होआको न्हा ट्राङ स्टेसनसम्मका सेवाहरूमा लागू हुनेछ । यसका साथै, राजधानी हनोई र मध्य प्रान्त घे आनको भिन्ह स्टेसन जोड्ने रेलका केही निश्चित स्लिपर कम्पार्टमेन्टहरूमा समेत यो सहुलियत प्रदान गरिनेछ । 

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - ११:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij