Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन

शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन


  • 2.1K
    Shares

    शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
    images

    काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ मा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा कीर्तिमान कायम गरेको दाबी गरेको छ।

    कम्पनीले यो उपलब्धिले नेपालको बीमा क्षेत्रको दायरा विस्तार गर्न, बीमाप्रतिको पहुँच बढाउन तथा मुलुकको आर्थिक जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन योगदान पुगेको जनाएको छ।

    स्थापनाकालदेखि नै बीमा पहुँच विस्तार, नवीन बीमा योजना विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले हाल देशभरका ७७ जिल्लामा फैलिएका १३१ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ। यसले वित्तीय समावेशीकरण र बीमा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ।

    कम्पनीका अनुसार यो सफलताको पछाडि सुदृढ वित्तीय आधार, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, प्रभावकारी जोखिम व्यवस्थापन, द्रुत दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यास प्रमुख आधार रहेका छन्।

    कम्पनीले ग्राहक, अभिकर्ता, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी र अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीनता, उत्कृष्ट सेवा र सुशासनमार्फत नेपालको बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

     

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १०:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij