२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नीति प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ।
कांग्रेसले आज बिहान विज्ञप्ति जारी गरी पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधानबमोजिम साउन १ देखि लागु हुने गरी डा। आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको जानकारी दिएको हो।
नेपाली कांग्रेसमा उपसभापति शर्मा प्रचार विभाग प्रमुख हुँदा आचार्य उपप्रमुख थिए। यस्तै कांग्रेसका तत्कालीन उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पनि आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij