Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह


  • 1.0K
    Shares

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह
    images

    काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

    अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा.सिंह अध्यक्षमा नियुक्त भएका हुन्। 

    पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।  

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १०:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij