२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् ।
बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रबार दिउँसो २ बजे बस्ने एक पूर्वपदाधिकारीको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने भएको छ ।
क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा रहेको खड्का समूहले अन्तिम भेला १६ असारमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थिए । त्यसअघि विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलामा कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा। शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो ।
खड्काले बैठक बोलाउनुअघि कांग्रेस नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच बिहीबार छलफल भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij