२०८३ श्रावण २८ गते बिहिवार
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टा भाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ।
भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो।
परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ।
उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्।
'बिहीबार एमबी होन्डियस जहाजमा हान्टाभाइरसबाट प्रभावित अन्तिम व्यक्तिले क्वारेन्टाइन अवधि पूरा गरेपछि गरिएको परीक्षणमा भाइरस नभेटिएपछि उहाँलाई घर फर्काइएको छ', डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले पत्रकार सम्मेलनमा भने।
'मे २५ यता थप कुनै केस रिपोर्ट भएको छैन', उनले भने, 'त्यसैले हामी खुशीसाथ भन्न सक्छौँ कि डब्ल्यूएचओले हान्टा भाइरसको प्रकोप समाप्त भएको ठानेको छ।'
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij