Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा

बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा


  • 1.4K
    Shares

    बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा
    images

    काठमाडौँ । बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको अन्तिम ३२ को खेलमा सेनेगललाई निराश पार्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । 

    बेल्जियमले खेल ३–२ ले जित्यो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी तथा थपिएको ३० मिनेटमा बेल्जियमले एक गोल गरेपछि बेल्जियमले बाजी मार्यो । खेलमा सेनेगलले २–० ले अग्रता लिएर पनि जितमा परिणत गर्न सकेन । अन्तिम चार मिनेट सम्हालिन नसक्दा निर्धारित ९० मिनेटमा २–२ को बराबरी हुन पुग्यो । 

    खेलको २५ औँ मिनेटमा हबिब डियाराको गोलमा सेनेगलले प्रारम्भिक अग्रता लियो । साडियो मानेको पासमा डियाराले गोल गरेका हुन् । मध्यान्तरसम्म १–० ले अग्रता लिएको सेनेगलले ५१ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो । स्माइला सारले मौसा नियाखाटेको पासमा गोल गरे । 

    तर सेनेगल अन्तिम चार मिनेट सम्हालिन नसक्दा निर्धारित ९० मिनेटमा बेल्जियमले दुई गोल गर्यो । ८६ औँ मिनेटमा रोमेलु लुकाकूले गोल गर्दै २–० को स्थितिमा ल्याए । थोमस मुनियरको पासमा लुकाकूले गोल गरेका हुन् । ८९ औँ मिनेटमा लियान्द्रो त्रोसार्दको पासमा यौरी टाइलेमान्सले हेड गोल गर्दै बेल्जियमलाई २–२ को बराबरीमा ल्याए ।

    त्यसपछि थपिएको ३० मिनेटको खेलको पनि इन्जुरी समयमा गोल गर्दै बेल्जियम विजयी भयो । खेलमा भीएआरको निर्णयअनुसार सेनेगलका खेलाडीले डी बक्स क्षेत्रभित्र बेल्जियमका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीलाई टाइलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ ले जिताए । 

    विश्वकपको इतिहासमै यो सबैभन्दा ढिला भएको गोल हो । यो खेलमा निर्धारित ९० मिनेटमा ८ मिनेट र थपिएको ३० मिनेटमा ११ मिनेट इन्जुरी समयको खेल खेलाइएको थियो ।  

    images
    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - ०५:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij