Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल टेलिकमद्वारा मुगुको प्रसिद्ध मुर्माटपमा फोरजी सेवा शुभारम्भ

नेपाल टेलिकमद्वारा मुगुको प्रसिद्ध मुर्माटपमा फोरजी सेवा शुभारम्भ


  • 1.5K
    Shares

    नेपाल टेलिकमद्वारा मुगुको प्रसिद्ध मुर्माटपमा फोरजी सेवा शुभारम्भ
    images

    काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो ।  

    रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

    मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्नेछन् । यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ । अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन् ।

    उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत कार्य गर्नेछ । यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ ।

    नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’को आफ्नो दायित्वलाई आत्मसात् गर्दै देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहनेछ ।

    स्मरण रहोस्, यो भन्दा पहिले २०७६ मंसिर १९ देखि नेपाल टेलिकमले रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालन गरेको थियो ।

    images
    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १३:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij