Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक

फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक


  • 1.9K
    Shares

    फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
    images

    काठमाडौं । अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को  फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो ।

    सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट चित्रण गरिएको छ । पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्व लाहुरेको जीवन कथाको अलावा नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा समेत उठाएको आभास गराउँछ ।

    चलचित्रले आशा, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन् । 

    चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ ।

    चलचित्र हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा पनि रिलिज हुने भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउने भएको छ ।  

    images
    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १६:०१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij