Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फिफा विश्वकप: दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा

फिफा विश्वकप: दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा


  • 2.8K
    Shares

    फिफा विश्वकप: दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा
    images

    दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप- २०२६ कोप्रिक्वार्टरफाइनल  (अन्तिम १६)मा प्रवेश गरेको छ।

    गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनमा प्रवेश गरेको हो।

    क्यानडा जारी विश्वकपको सह-आयोजकसमेत हो। क्यानडाका लागि स्टेफेन युस्टाकियोले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो। खेलको ९० मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल भएको भएन। इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई जित दिलाएका हुन्। 

    निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भएका छन्। तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो।

    images
    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - ०६:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij