Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र ल्याउने अनुमति

धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र ल्याउने अनुमति


  • 1.6K
    Shares

    धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो  ऋणपत्र ल्याउने अनुमति
    images

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘लक्ष्मी सनराइज बैंक डिबेन्चर २०९२’ नामक ऋणपत्र ल्याउन अनुमति दिएको हो। 

    अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्ने भएको छ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ। बाँकी रहेको १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्ने भएको छ।

    यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउने भएका छन्। बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

      

     

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १६:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij