Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

५ जना प्रभावशाली आकांक्षीको समर्थनपछि महामन्त्रीमा विपिन आचार्य बलियो

५ जना प्रभावशाली आकांक्षीको समर्थनपछि महामन्त्रीमा विपिन आचार्य बलियो


  • 1.0K
    Shares

    ५ जना प्रभावशाली आकांक्षीको समर्थनपछि महामन्त्रीमा विपिन आचार्य बलियो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महामन्त्री पदका लागि नयाँ राजनीतिक समीकरण बनेको छ। महामन्त्री पदका पाँच जना प्रभावशाली आकांक्षीहरूले आफ्नो दाबी छोड्दै उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।

    शुक्रबार चितवनमा संयुक्त पत्रकार सम्मेलन (प्रेसमिट) आयोजना गर्दै कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले आचार्यलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनीहरूमध्ये केहीले उम्मेदवारी दर्ता नै नगरेको र उम्मेदवारी दिएकाहरूले पनि पार्टीको बृहत्तर हित तथा आन्तरिक एकताका लागि नाम फिर्ता लिएको बताएका छन्।

    पत्रकार सम्मेलनमा बोल्दै नेता गणेश पराजुलीले भने, ‘हामी सबै जनाले संस्थापक साथीहरू एकै ठाउँमा उभिएर एउटै सन्देश दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौँ। हामी सबैले विपिनजीलाई समर्थन गर्ने निर्णय गरेका छौँ।’

    पाँच जना बलिया आकांक्षीहरूले समर्थन गरेपछि महामन्त्रीका उम्मेदवार विपिन आचार्यको पक्ष बलियो बनेको छ। यद्यपि, यो समीकरणका बाबजुद रास्वपाको महत्वपूर्ण मानिने महामन्त्री पदका लागि आचार्यसहित ८ जना उम्मेदवारहरू चुनावी मैदानमा बाँकी नै छन्।

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १२:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij