Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको नयाँ नेतृत्वका लागि महासंग्राम: ६ पदका लागि ३० जना मैदानमा (सूचीसहित)

रास्वपाको नयाँ नेतृत्वका लागि महासंग्राम: ६ पदका लागि ३० जना मैदानमा (सूचीसहित)


  • 1.0K
    Shares

    रास्वपाको नयाँ नेतृत्वका लागि महासंग्राम: ६ पदका लागि ३० जना मैदानमा (सूचीसहित)
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। 

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार विभिन्न मुख्य पदहरूका लागि चुनावी मैदानमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। सार्वजनिक विवरण अनुसार उपसभापति (खुला) पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। सो पदका लागि उनको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्।

    त्यस्तै, उपसभापति (महिला) को एक पदका लागि सोविता गौतम र डा.तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

    पार्टीको महत्वपूर्ण मानिने एक महामन्त्री पदका लागि भने ८ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।

    त्यसैगरी, दुई जना निर्वाचित हुने सह-महामन्त्री (खुला) पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। यस पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।

    सह(महामन्त्री ९महिला० को एक पदका लागि ५ जना महिला नेतृहरूले उम्मेदवारी दिएका छन्। जसमा जुली यादव, जमुना शर्मा ९विदुषी०, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।

    रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्वाचित गरिसकेको छ भने केन्द्रीय सदस्य पनि ९९ जना निर्वाचित भइसकेका छन् । 

    1_jiFPPrxXHl.png

    2_V2vh6vSpBO.png


    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ११:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij