Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा महाधिवेशन: महिला उपसभापतिमा सोविता र तोसिमा भिड्दै, महामन्त्रीमा ९ जना

रास्वपा महाधिवेशन: महिला उपसभापतिमा सोविता र तोसिमा भिड्दै, महामन्त्रीमा ९ जना


  • 1.4K
    Shares

    रास्वपा महाधिवेशन: महिला उपसभापतिमा सोविता र तोसिमा भिड्दै, महामन्त्रीमा ९ जना
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत आज शीर्ष पदाधिकारीहरू चयनका लागि मतदान हुँदैछ। 

    निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ५ वटा पदाधिकारी पदका लागि चुनावी प्रतिस्पर्धा हुन लागेको हो। विशेष गरी पार्टीको महिला उपसभापति पदका लागि दुई युवा नेतृहरू सोविता गौतम र डा। तोसिमा कार्कीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। 

    यस पदमा उनीहरू दुई जनाको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै, सर्वाधिक चासोको रूपमा हेरिएको महामन्त्री पदका लागि ९ जना मैदानमा उत्रिएका छन्। महामन्त्रीका उम्मेदवारहरूमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।

    यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले भने सहमति र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्। सहमहामन्त्री ९खुला० तर्फ ११ जनाबीच प्रतिस्पर्धा हुँदैछ। जसमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार छन्। 

    महिला सहमहामन्त्रीतर्फ भने जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी मैदानमा छन्। यसअघि, पार्टी सभापति पदमा रवि लामिछाने र खुला पुरुष उपसभापति पदमा डा। स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्।

    चितवनमा विगत ६ दिनदेखि जारी महाधिवेशन निकै लम्बिएका कारण धेरैजसो प्रतिनिधिहरू भने मतदान अगावै घर फर्किसकेका छन्।

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ११:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij