Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला

कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला


  • 1.3K
    Shares

    कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । 

    महामन्त्री घिमिरे र डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो । महामन्त्री घिमिरेले भेटमा नेपाली काङ्ग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् । 

    कांग्रेसमा पछिल्लो समय क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्ने विषयमा देखिएको विवाद उत्कर्षमा पुगेको बेलामा महामन्त्री घिमिरेले नेता डा.कोइरालासँग भेट गरेका हुन् । 

    संस्थापनले भने अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरू १५ औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरूमा सहभागी हुन नपाउने निर्णय गरिसकेको छ । यो विवाद चरमोत्कर्षम पुगेका बेला महामन्त्री घिमिरेले नेता कोइरालासँग भेट गरेका हुन् ।  

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १०:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij