Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते


  • 2.0K
    Shares

    भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
    images

    काठमाडौं । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। 

    भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन्। 

    काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभत्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज सुनिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतहभन्दा कम गहिराइमा गएकाले क्षति निकै ठुलो भएको हो।

    विपत्तिपछि थुप्रै मानिसहरू मारिएको आशङ्का गरिएको छ भने धेरै मानिस घरबारविहीन भएका छन्। घरहरू असुरक्षित भएपछि मानिसहरू डरले सडकमै रात बिताइरहेका छन्। बुधबार स्थानीय समय अनुसार साँझ ६:०४ बजे राष्ट्रिय बिदाको दिन भूकम्प गएकाले सामान्य दिनमा भन्दा धेरै मानिस घरमै थिए।

    अमेरिकाले १५ करोड डलर सहायताको घोषणा गर्दै खोज, उद्धार र द्रुत राहत कार्यका लागि सैन्य जहाज र विमानहरू पठाउँदै छ। रोड्रिगेजका अनुसार मुख्य गरी ला गुइरामा २५० वटा भवनमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्, जहाँ एउटा १० तले होटल पूर्ण रूपमा भत्किएको छ। 

    काराकास महानगरभित्र पर्ने चाकाओका मेयर गुस्ताभो डुकले एउटा भत्किएको भवन अगाडि उभिएर ११ जनाको मृत्यु भएको र २३ जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १०:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij