२०८३ श्रावण २८ गते बिहिवार
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ ।
डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । यस्तै, शिशिर खनाललाई २४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij