Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा महाधिवेशन: महामन्त्री पदमा ५ प्रभावशाली नेताको दाबेदारी

रास्वपा महाधिवेशन: महामन्त्री पदमा ५ प्रभावशाली नेताको दाबेदारी


  • 1.5K
    Shares

    रास्वपा महाधिवेशन: महामन्त्री पदमा ५ प्रभावशाली नेताको दाबेदारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया सम्पन्न भएको छ। ९९ सदस्यीय केन्द्रीय सदस्यको निर्वाचन सकिएसँगै अब पार्टीको केन्द्रीय पदाधिकारी चयनका लागि दाबेदार नेताहरू मैदानमा उत्रिएका छन्।

    रास्वपाको विधान अनुसार १९ सदस्यीय केन्द्रीय पदाधिकारीमध्ये बाँकी पदहरूमा सभापतिले मनोनयन गर्ने व्यवस्था छ। हाल निर्वाचित हुने मुख्य पदहरूका लागि आकांक्षी नेताहरूबीच तीव्र प्रतिस्पर्धा र मत माग्ने कार्य सुरु भइसकेको छ।

    हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा महामन्त्रीको दाबेदारका रूपमा मत मागिरहेका छन् । त्यस्तै, दुई उपसभापतिका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारी दाबेदारका रूपमा देखिएका छन् । निर्वाचित हुने ३ सहमहामन्त्रीका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा।अंकिता यादव दाबेदारका रूपमा अघि बढाएका छन् ।

    लामो समयसम्म महाधिवेशन लम्बिएका कारण प्रतिनिधिहरू थाकेको र तितरबितर हुन थालेको अवस्थालाई ध्यानमा राख्दै शीर्ष नेतृत्वले निर्वाचित हुने पदाधिकारीहरू सहमतिमार्फत नै टुङ्ग्याउन आन्तरिक छलफल तीव्र पारेको छ। यद्यपि, आकांक्षी धेरै भएका कारण सहमति जुट्न नसकेमा मतदानको प्रक्रिया नै नेतृत्व चयनको अन्तिम विकल्प हुने नेताहरूले बताएका छन्। 

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १५:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij