Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बाराकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु

बाराकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु


  • 6.4K
    Shares

    • images
    बाराकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु
    images

    वीरगञ्ज । बाराकी एकजना कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराह बस्ने ७१ वर्षीया धनकुमारी सुनुवारको मृत्यु भएको हो ।

    मंसिर १४ गते दमको समस्या आएपछि उनलाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । बयोधामै स्वाब संकलन गरी मंसिर १६ गते पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

    त्यसपछि उनलाई नेसनल मेडिकलले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा राखिएको थियो । सोमबार बिहान पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको आइसोलेसनका डाक्टर ओमप्रकाशले जानकारी दिए ।


    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १४:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij