२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।
सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न भएको हो । गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको छ ।
निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अबको २ घण्टाभित्र परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij