२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिवार नेपाली बजारमा सुन चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला आज सुन २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
साथै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij