२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् ।
बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ भने बिहीबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ ।
सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था रहेको छ ।
मंगलबारबाट महाधिवेशन लम्बिए लगत्तै प्रतिनिधिहरु घर फर्कन लागेका थिए । भूगोलबाट केन्द्रीय सदस्यमा उठेका एक उम्मेद्वारको अनुसार ५० प्रतिशत बढी प्रतिनिधिले चितवन छोडिसकेका छन् ।
निर्वाचन आयोगले पदाधिकारीको लागि हुने मतदानको कार्यतालिका हालसम्म सार्वजनिक गरेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij