Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता

स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता


  • 2.5K
    Shares

    स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता
    images

    काठमाडौं । ब्राजिलले सबैखाले आलोचनाको बलियो जवाफ दिँदै फिफा विश्वकप २०२६ मा बिहीबार स्कटल्यान्डलाई ३–० ले पराजित गरेको छ र समूह ‘सी’को विजेता बनेको छ । यससँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गर्न पनि सफल रह्यो ।

    यो जितपछि ब्राजिल सात अंकमा समूहको शीर्षमा रह्यो । मोरक्को सात अंकमै दोस्रो स्थानमा रह्यो र उसले पनि अन्तिम ३२ मा स्थान बनायो । मियामी स्टेडियममा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो र यी दुवै गोल भिनिसियस जुनियरले गरेका हुन् ।

    उनले सातौं मिनेटमा गोलको खाता खोलेपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल थपे । म्याथेस कुन्हाले ६० औं मिनेटमा तेस्रो गोल गरे । हारले स्कटल्यान्ड तीन अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र उसको अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

    यस्तै, समूहको एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले हरायो । मोरक्कोले दुईपल्ट पछाडि रहेको स्थितिबाट यो खेल जितेको हो । हाइटीले यासिन बोनेउको आत्घाती गोलमा अग्रता लिएपछि असरफ हाकिमीले ३९ औं मिनेटमा बराबरी गोल फर्काए ।

    लगत्तै विल्सन इसिडोरले हाइटीलाई ४३ औं मिनेटमा फेरि अग्रता दिलाए । लगत्तै इन्ज्युरी समयमा इस्माइल साइबरीले मोरक्कोका लागि दोस्रो पल्ट बराबरी गोल गरे । सोफिन रोहिमीले ७८ औं मिनेटमा मोरक्कोका लागि तेस्रो गोल गरे । यस्तै, गेसिम यासिमले ८९ औं मिनेटमा चौथो गोल थपे । हाइटी तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो ।

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ०६:३५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij