Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

यस्तो छ आज (असार ११ गते) तपाईँको राशिफल

यस्तो छ आज (असार ११ गते) तपाईँको राशिफल


  • 1.3K
    Shares

    यस्तो छ आज (असार ११ गते) तपाईँको राशिफल
    images

    आज २०८३ असार ११ गते, बिहिबार, जेठ शुक्ल एकादशी, निर्जला एकादशी व्रत\तुलसीको दल राख्ने दिन\भूमी पूजा, शक संवत् १९४७, नेपाल संवत् ११४६,  Jun 25, 2026

    मेष : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

    वृष : दिन रमाइलो छ । मिष्ठान्न भोजन हुनेछ । सञ्चित धन खर्च हुनेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ ।

    मिथुन : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु बढ्नेछन् । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ ।

    कर्कट : शुभग्रहको बहुमत रहेको छ । आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ ।

    सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

    कन्या : दिन सामान्य छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

    तुला : बन्धुसँगको कारोबारबाट काम बन्नेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

    वृश्चिक : दिन राम्रो छ । साथीको साथ मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ ।

    धनु : मन प्रशन्न हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारले साथ दिँदा मन शान्त बन्नेछ ।

    मकर : आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ । नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ । स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ ।

    कुम्भ : बोल्दा सचेत बन्नुपर्ने समय छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।

    मीन : दिन राम्रो छ । मन प्रशन्न बन्नेछ । स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ । मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ ।

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ०६:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij